नेकपा कार्यदलको बैठक आज पनि बस्ने, सदस्यहरुबीच सहमति खोज्ने प्रयास

Nekapa baithak 21

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

नेकपाको सचिवालयले हालसम्म भएका प्रगति विवरण बुझाउन निर्देशन दिएपछि व्यस्त बनेको कार्यदलको बैठक आज बस्न लागेको हो । अपराह्न बस्ने बैठकमा अहिलेसम्म भएका कामको समीक्षा गरी सदस्यहरुबीच देखिएका विवाद समाधान गर्ने प्रयास गरिने बताइएको छ ।

यसअघि हिजो बसेको कार्यदल बैठकमा सदस्यबीच नै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको थियो । संयोजक रामबहादुर थापाले अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउने प्रस्ताव गरेका थिए भने अन्य सदस्यले सहमति भएका र सहमति हुन बाँकी विषय छुट्याएर मात्र प्रतिवेदन बनाउनुपर्ने बताएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ९ महिना हुन लाग्दासमेत तल्लो तह, भ्रातृ तथा शुभेच्छुक संगठनको एकता भएको छैन । एकताको बाँकी काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न नेकपाको स्थायी समितिको गत पुस १३ गते बसेको बैठकले ९ सदस्यीय कार्यदल बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...