कसरी भयो सोनू निगमको यस्तो हाल ? आइसियूमै भर्ना हुनुपर्यो

Sonu

काठमाडौं ।  बलिउड गायक सोनू निगमलाई छालाको एलर्जीपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना गर्नुपर्यो । दुई दिनको अस्पताल बसाईपछि उनलाई बुधबार डिस्चार्ज गरिएको छ ।

सोनू निगमलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् ।

इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘मलगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’

सोनूको अहिले स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...