शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट

Fotbal

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन् । १२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइँदैछ ।

समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब छन् भने समूह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् ।

लिगको विजेताले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

एन्फाले ‘बी’ डिभिजन क्लबलाई लिगको तयारी खर्चवापत हरेक क्लबलाई सात लाख उपलब्ध गराइसकेको छ । ‘ए’ डिभिजन लिगमा जस्तै यस पटक ‘बी’ डिभिजनमा पनि रेलिगेसन नहुने भएको छ ।

शुक्रबार उद्घाटन खेलमा दिउँसो साढे १२ बजे झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लब भिड्दै छन् ।

प्रतिकृया दिनुहोस