यसरी भयो भेनेजुएला प्रकरणमा ओली र प्रचण्डबीचको तुष छताछुल्ल

Oli and prachand 1sgu042zkg

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेनेजुएला प्रकरणमा देखिएको असहमति सार्वजनिक रुपमै छताछुल्ल भएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा हिजो साँझ एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको वक्तव्यमा ‘स्लिप’ भएको बताए ।

डाभोस सम्मेलनका लागि प्रधानमन्त्री स्विट्जरल्याण्डमा रहेका बेला अर्का अध्यक्ष दाहालले भेनेजुएलामा अमेरिकी हस्तक्षेपप्रति रोष प्रकट गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए । ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा आफू नेपालमै भएको भए भेनेजुएलाबारे सत्तारुढ दलकै अध्यक्षबाट त्यस्तो विज्ञप्ति नआउने बताए ।

प्रधानमन्त्री ओलीले सोमबार अमेरिकी राजदूत र्यान्डी बेरीसँगको भेटमा पनि अध्यक्ष दाहाल केही शब्दमा चिप्लिएको बताएका थिए ।

यता, प्रधानमन्त्रीको जवाफमा अध्यक्ष प्रचण्डले आज चितवनमा कडा प्रतिक्रिया दिए । प्रधानमन्त्रीले त तपाईँको वक्तव्य चिप्लिएको भन्नुभएछनि भन्ने प्रश्नमा उहाँले सचिवालयले निकालेको विज्ञप्तिमा व्यक्तिले दिएको प्रतिक्रियाको अर्थ नरहने प्रतिक्रिया दिए ।

आज बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन समेत गरे । भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...