स्पेनिस कोपा डेल रे: बार्सिलोना र रियाल मड्रिडको बराबरी

Bdwkgid4hp51a5uv88xr

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना र रियाल मड्रिडले बराबरी खेलेका छन् ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र रियाल मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् । लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । करिम बेन्जिमाको पास सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

मुख्य स्ट्राईकर मेस्सी बिना खेलको सुरुवात गरेको बार्सिलोनाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ब्राजिलियन स्टार माल्कोमले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

फेब्रुअरी २७ मा हुने दोस्रो लेगमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सकेमा मात्र पनि रियाल मड्रिड फाइनलमा पुग्नेछ । बार्सिलोनाका लागि भने स्पष्ट जित आवश्यक हुनेछ ।

बार्सिलोना लगातार पाँचौ पटक प्रतियोगिता जित्ने अभियानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...