धनगढी प्रिमियर लिगको विजेताले ३० लाख नगद पुरस्कार पाउने

Subash ci6ymhjq1j 1024x541

धनगढी । धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मैदानको आउटफिल्ड र ५ वटा पीच निर्माण सम्पन्न भइसकेको छ । म्याच अफिसियलहरु धनगढी पुगिसकेका छन् । यस संस्करणमा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा स्थानीयसहित १२ जना अक्सनबाट लिइएका खेलाडी, एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।

प्रतियोगिताको पुरस्कारमा २० प्रतिशत बढाइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ ।
त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...