विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने, कस्तो पर्ला प्रभाव ?

Shram

काठमाडौं । नेपालमा हुने कुनै पनि खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य इजाजत लिनुपर्ने उल्लेख छ ।

श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम, ठेगाना तथा प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।

श्रम इजाजत नलिई विदेशी क्रिकेट खेलाडीलाई सहभागी गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो । सरकारले श्रम स्वीकृतिमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अर्को हप्ता धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...