नेपाल आइसीसीको टी २० अन्तर्राष्ट्रिय वरीयतामा

Crikect

काठमाडौं । युएईलाई पराजित गर्दै ऐतिहासिक सिरिज जितेको नेपाल आइसीसीको टी २० अन्तर्राष्ट्रिय वरीयतामा समावेश भएको छ । तीन खेलको ओडिआई २–१ ले जितेपछि पहिलो पटक ओडिआई वरीयतामा पर्दै १५औँ स्थानमा रहेको नेपाल टी २० तर्फ भने १४औँ स्थानमा छ ।

आइसीसीले जारी गरेको वरीयता अनुसार नेपालको ७ खेलबाट ३०३ अङ्क र ४३ रेटिङ छ । वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा नेपालभन्दा पछाडि युएई, हङकङ, ओमन र आयरल्याण्ड छन् । एसोसिएटतर्फ नेपालभन्दा अघि स्कटल्याण्ड ११औँ र नेदरल्याण्ड्स १३औँ स्थानमा छन् ।

सन् २०१४ मा टी २० विश्वकप खेलेपछि नेपालले त्यही वर्ष टी २० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । अर्को वर्ष टी २० विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै नेपालले त्यो मान्यता गुमाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...