‘सालको पात’ गाउँदा विवादित बनेका रविले फेसबुकका स्टाटस लेख्दै यस्तो भने...

Ravi

काठमाडौँ । लोकदोहोरी गीत ‘सालको पात टपरी’ गाउँदा विवादित बनेका नेपाल आइडल रवि ओडले अग्रज कलाकारलाई अवमूल्यन गर्ने आफ्नो कनै मनसाय नरहेको बताएका छन् ।

अष्ट्रेलिया यात्रामा रहेका रविले एक सांगीतिक कार्यक्रममा ‘सालको पात…’ बोलको गीतलाई पर्याप्त तयारी बिना नै गाएपछि उनी विवादमा तानिएका थिए ।

सोमबार दिउँसो सामाजिक सञ्जालमा फेसबुक मार्फत रविले अग्रज कलाकारलाई अवमूल्यन गर्ने कुनै मनसाय नरहेको उल्लेख गरेका हुन् ।

कन्सर्टमा गीतका शब्दहरुलाई बङ्ग्याएर गाएपछि उनको लगातार आलोचना भइरहेको छ । सालको पात गीतका संगीतकार बसन्त थापाले नै नेपाल आइडल बनेका रविले शब्द बिगारेर गीत गाएको कुरामा विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि यो विषय थप विवादमा तानिएको थियो ।

अहिले रवि र बसन्त दुवै जनाको पक्ष विपक्षमा टिप्पणीहरु भइरहेका छन् ।

रविले आफू संगीत सिक्ने क्रममा रहेको भन्दै अग्रज कलाकारहरुबाट थप हौसला पाउने आशा आफूले लिएको बताएका छन् । उनले दर्शकको माग अनुसार सालको पात गाउँदा आफूले तयारी नगरेकाले गल्ती भए माफी दिनुहोला भनेर मात्रै गीत गाउन सुरु गरेको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस