रातो कार्पेट बिछ्याएर खेलाडीलाई स्वागत

Cricket team firta

काठमाडौं । युएईविरुद्ध एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । उनीहरुलाई विमानस्थलमा रातो कार्पेट बिछ्याएर भब्य स्वागत गरिएको छ ।

नेपालले एक दिवशीय र टीट्वेन्टीमा पहिलो पटक शृंखला जितेको हो । नेपालले गत वर्षको मार्चमा मात्र एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

नेपाली टोलीले आइतवार भएको टी-ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली युएईलाई १४ रनले पराजित गर्दै पहिलो टी-ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो । यसअघि युएईविरुद्धकै तीन खेलको वान डे श्रृंखला पनि आफ्नो पक्षमा पार्दै नेपाली टोलीले इतिहास रचेको थियो ।

युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज दुवै २-१ ले आफ्नो पक्षमा पारेको थियो । दुवै श्रृंखला सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई श्रृंखला जितेको थियो ।

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज हो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज जित्न सफल भएको हो ।

ऐतिहासिक सफलता हात पारेको नेपाली टोलीलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

नेपाली टोलीलाई राष्ट्रियसभा अध्यक्षले एयरपोर्टमै पुगेर सम्मान गरे । अध्यक्ष तिमल्सिनाले प्रोत्साहन स्वरूप जनही १० हजारका दरले दुई लाख १० हजार रुपैयाँ नगद दिए । उनले खेलाडीलाई थप सफलता प्राप्त गर्न हौसलास्वरुप व्यक्तिगत रुपमा सो प्रोत्साहन रकम उपलब्ध गराईएको बताए ।

नेपाली क्रिकेट टोली विमानबाट अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र खेलप्रेमीको घुँइचो लागेको थियो । विदेशमा सफलता हात पारेर आउँदा नेपाली टोलीलाई गरिने स्वागत यसपटक फरक बनाईएको थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु केही छिनमै समर्थकको भिडमा पुगेका थिए । समर्थकले खेलाडी र नेपाली क्रिकेटको नाम लिँदै जयजयकार गरे ।

यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव केशव विष्टले प्रत्येक खेलाडीलाई ५ लाख दिन भोली मन्त्रालयमार्फत प्रस्ताव लैजाने तयारी गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...