हिमा एजुकेशनद्धारा आहा रारा गोल्ड कपलाई करिब ४ लाख सहयोग

Aha rara

पोखरा । यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।

हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरे ।

आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि रु चार लाख एक हजार रहेको छ । उक्त सम्झौता आगामी तीन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक एवं सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापाले आहा रारा गोल्डकपमा सहयोग गरेकोमा कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताए ।

सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकमबाट सहारा एकेडेमीमा आश्रित २८ बालकलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...