टी–२० सिरिज विजेता टोलीलाई नेकपा अध्यक्ष दाहालको बधाई

Dahal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिएका हुन् ।

अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...