मिनाको हातमा पर्‍यो न्यु वेष्ट फिमेल मोडल र ‘पिपुल्स च्वाइस’ अवार्ड

Award 20

काठमाडौं । मोडलिङ क्षेत्रमा पछिल्लो समय जम्दै थालेकी मिना लामा तामाङले नव मोडल र ‘पिपुल्स च्वाइस’ अवार्ड हात पार्न सफल भएकी छन् ।

म्हेन्दोमाया म्युजिक अवार्डको तेस्रो संस्करणमा म्हेन्दोमाया ब्याटल गीतबाट उनले न्यु बेष्ट मोडल फिमेल अवार्ड जित्न सफल भएकी हुन् । उनले ‘पिपुल्स च्वाइस’को अवार्ड समेत हात पारेकी छन् ।

अवार्ड जितेपछि तामाङले खुशी व्यक्त गरेकी छन् । उनले यो सफलताको शुरुवात मात्रै भएकाले धेरै अघि बढ्न बाँकी रहेको प्रतिक्रिया दिएकी छन् । उनले भन्दै सम्पूर्ण दर्शक र सबैको सहयोगले थप भविश्य खोज्न प्रेरणा मिलेको प्रतिक्रिया दिइन् ।

सम्पन्न म्युजिक अवार्डमा गीत सङ्गीतका क्षेत्रका विभिन्न व्यक्तित्वलाई पुरस्कृत समेत गरिएको थियो । उनीहरु सबैलाई काठमाडौंको नाचघरमा विहिवार सम्पन्न म्हेन्दोमाया म्युजिक अवार्डमा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले अवार्ड प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस