अमेरिकाविरुद्ध नेकपा र सरकारको विज्ञप्तिमा कांग्रेसको आपत्ति

Congresh

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपा अध्यक्षले सार्वजनिक गरेको विज्ञप्ति राष्ट्रिय स्वार्थ विपरित भएको भन्दै आपत्ति जनाएको हो ।

‘नेपालको खासै कुनै सम्बन्ध नरहेको देश भेनेजुएलाको राजनीतिक घटनाक्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयम्ले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, काग्रेस संसदीय दलको निर्णयमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरित कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको  बैठक आपत्ति प्रकट गर्दछ ।’

नेपालको विकासका लागि झण्डै ६५ वर्ष भन्दा लामो समयदेखि लगातार आर्थिक सहयोग पुर्याउँदै आएको पुरानो मित्र संयुक्त राज्य अमेरिकाको कारात्मक भूमिका नै नेपालका लागि महत्वपूर्ण हुने ठहर कांग्रेसको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...