प्रधानमन्त्री ओली जिल्ला दौडाहामा व्यस्त, आज सिराहा जाँदै

Oli

काठमाडौं । पछिल्लो समय जिल्ला दौडाहामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज सिराहा जाँदै छन् ।

जिल्ला र स्थानीय तह स्तरका कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओली पार्टीगत र अन्य कार्यक्रममा सहभागी हुन सिराहा जान लागेका हुन् । सिराहामा उहाँले नेकपाको पार्टी कार्यालय र स्थानीय विद्यालयमा छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै सहिद हेमनारायण स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि उनले सहभागिता जनाउने बताइएको छ । यसअघि अस्ती बिहीबार गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी भई ओली राजधानी फर्किएका थिए ।

पार्टी एकतापछि रोकिएको पार्टीका तल्ला तहको एकता प्रक्रिया तथा सरकारका महत्वपुर्ण कामकारवाही छाडेर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली जिल्ला दौडाहामा लाग्नुगेका हुन् ।

पार्टीका शीर्ष तहमा गर्नुपर्ने काम र सरकारका कामकारवाहीलाई समेत उपेक्षा गर्दै प्रधानमन्त्री ओलीले सामान्य कार्यक्रमको उद्घाटन तथा शिलन्यासलाई प्राथमितामा राखेको भन्दै पार्टीभित्रै आलोचना सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...