जापानलाई हराउँदै कतारले जित्यो पहिलो पटक एसियन कप फुटबलको उपाधि

Qarae celebrates iebq8zpeed

काठमाडौं  । जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ ।

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिगए ।

२७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडि परेको जापानले ६९ औ मिनेटमा एक गोल फर्कायो ।

उसका लागि ताकुमी मिनामिनोले गोल गरे । तर ८३ औ मिनेटमा कतारका अक्रम अफिफले पेनाल्टीमार्फत् गोल गरेर एसियन कपको उपाधि जित्न टोलीलाई सफल बनाए ।

सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले राष्ट्रिय टिमलाइ बलियो बनाउन ठूलो लगानी गरेको छ । यो उपाधिले कतारलाई झन हौसला थपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...