युएईलाई उसकै घरेलु मैदानमा हरायो नेपालले, युएईले पूरै ओभर खेल्न सकेन

Nepali cricket team 18

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) लाई उसकै घरेलु मैदानमा नेपालले ४ विकेटले पराजित गरेको छ । योसँगै यूएईसँगको टी–ट्वान्टी क्रिकेट श्रृंखला नेपालले १–१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अब नेपालले आइतबार घरेलु टोलीसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल खेल्नेछ ।

कप्तान पारस खड्का गोल्डेन डक तथा सस्तैमा ५ विकेट गुमेपछि धर्मराएको पारी दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले सम्हालेपछि जित सम्भव भएको हो । पवन १८ रन बनाएर खेलको अन्तिममा आउट भएका थिए भने दीपेन्द्रले नटआउट ४७ रन बनाए ।

टस जितेर युएईले ब्याटिङ गरेको थियो। युएईले नेपाललाई १०७ रन बनाएको थियो। उसले पूरै ओभर खेल्न सकेन । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा गरेको थियो ।

युएईविरुद्ध नेपालले पहिलो ओभरमै ओपनर तथा कप्तान पारस खड्कालाई सुन्य रनमा गुमाएको थियो । यस्तै प्रदिप ऐरीलाई ८, उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ र सन्दीप जोरालाई सुन्य रनमा गुमाएको थियो । तर, दिपेन्द्र र पवनले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं विकेटका लागि दिपेन्द्र र पवनले ५५ रनको साझेदारी गरेका थिए ।

युएईका लागि सुल्तान अहमेदले २ विकेट लिए । यस्तै मोहमद नाभिद, अमिर हायत र इमरान हेदर र जाहोर खानले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

युएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २/२ विकेट लिए ।

प्रतिकृया दिनुहोस