युएईले नेपालसामु १०८ रनको लक्ष्य

Cricket uae

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो ।

युएइका लागि सिपी रिजवानले सर्वा्धिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई-दुई विकेट लिए ।

नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १–० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

आज नेपाल जीत निकाल्दै सिरिज १–१ को बराबरी गर्न चाहन्छ । आजको खेलमा पराजय व्यहोरेमा नेपालले एक खेलअगाबै सिरिज गुमाउनेछ ।

प्रतिकृया दिनुहोस