वर्षाका कारण नेपाल–पाकिस्तानबीचको महिला नेत्रहीन क्रिकेट खेल स्थगित

Cricket stop

काठमाडौँ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।

पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहेका सञ्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिए । उहाँका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ ।

यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौँ खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । शृङ्खलाका लागि नेपालले करीब तीन साता तयारी गरेको थियो ।

पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भूमा खरेल रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...