जिरोनालाई हराउँदै रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

Reyal

काठमाडौं । उपाधि दाबेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियाललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले एक गोल थपे । पहिलो लेगको खेलमा रियालले जिरोनालाई ४–२ ले हराएको थियो ।

यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...