युट्युब ट्रेडिङ पहिलो नम्बरमा महको ‘भिजिट भिसामा’ (भिडियोसहित)

Daaaal

काठमाडौं ।  गत शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजट भिसामा’ गीतले यति बेला चर्चा कमाई रहेको छ ।

हाल नेपालको युट्युब ट्रेडिङ नम्बर एकमा रहेको यो गीतलाई रिलिज भएको ६ दिनमा करिब १९ लाख बढिले हेरेका छन् । मह सञ्चारको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा १९ लाख ४७ हजारभन्दा बढी भ्युज रहेको छ भने ३२ हजार बढिले लाईक गरेका छन् ।

१४ सय डिसलाईक रहेको भिडियोमा तीन हजार बढिले कमेन्ट गरेका छन् । गीत रिलिज भएसँगै टिकटकमा यो गीत भाइरल बनेको छ । चलचित्रका निर्माता किरण केसीले टिकटकमा करिब १० हजार बढी भिडियो बनेको जानकारी दिए ।

 

भिटिज भिसामा गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, बर्षा राउत, आँचल शर्मा र पुष्पल खड्काले कम्मर मर्काएका छन् ।

सुदन केसीको निर्देशन रहेको चलचित्र दालभात तरकारी बैशाख १३ गते रिलिज हुदैँछ ।

Video

प्रतिकृया दिनुहोस