एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारीको देशभर प्रदर्शन

Akhil

झापा । एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारीले देशभर प्रदर्शन गरिरहरको छ । संगठनको केन्द्रीय समिति बैठकको निर्णयअनुसार कर तिर्न दवाव दिन देशभर प्रदर्शन भइरहेको छ ।

केही पहिले नेपाल(भारत सीमामा तारबार लगाएको अखिल क्रान्तिकारीले एनसेलले ७२ अर्ब कर छलि गरेको भन्दै विरोधमा उत्रेका हो । काठमाडौंको रत्नपार्कबाट सुरु भएको विरोध प्रदर्शन जिल्लाजिल्लामा पुगेको छ ।

यसैबीच विहीबार प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा पुग्दा अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरिरहेको थियो । प्रधानमन्त्रीको सुरक्षाको लागि भन्दै प्रहरीले विरोध प्रदर्शमानथि हस्तक्षेप गरेको थियो ।

झापाका विभिन्न क्याम्पसहरुबाट आएका हजारौं विद्यार्थीहरु दमक बहुमुखी क्याम्पसमा प्रदर्शन सुरु गरिरहेको बेला प्रहरीले हस्तक्षेप गर्दै लाठी समेत चार्ज गरेको थियो । तर, विरोध प्रदर्शन रोकिएन ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका कोषाअध्यक्ष नरेन्द्र बिकले एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरे कडा संघर्षमा उत्रिने चेतावनी दिए । उनले एनसेलले तत्काल कर नतिर जिल्लाजिल्लाका टावर ध्वस्त पार्ने चेतावनी समेत दिए ।

विरोध कार्यक्रममा नेकपा झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, बिद्यार्थीका ब्युरो संयोजक गणेश कार्की, अखिल क्रान्तिकारी झापा अध्यक्ष संजय राईलगायतका नेतहरुले विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

त्यसैगरी विहीबारै अर्घाखाँचीमा पनि अखिल क्रान्तिकारीले एनसेलविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेकपा निकट अखिल क्रान्तिकारीले विहीबार अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा विरोध सभा गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले एनसेलले कर नतिरे सबै जिल्लाका टावर ध्वस्त पार्ने चेतावनी दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...