नेपालले टस जितेर पहिले फिल्डिङ रोज्यो

Balling

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ ।

युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् ।

घरेलु टोलीविरुद्धको एकदिवसीय शृङ्खला जितेको नेपाल पहिलो टी–२० जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।

तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालले टि–२० अन्तर्रा्ष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।

राम्रो ‘फर्म’मा रहेको नेपाली टोलीलाई टि–२० शृङ्खला जितेर अर्को इतिहास रच्ने मौका आएको छ । यो समाचार तयार पर्दासम्म यूएइले चार ओभरमा एक विकेटको क्षतिमा १७ रन बनाएको छ । नेपालका लागि पहिलो ओभरमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...