इङ्गलिस प्रिमियर लिगः बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

2

काठमाडौं ।  इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूललाई लेष्टर सिटीले एक एक गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपूलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् ।

गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले हराउँदा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २४ खेलबाट ६१ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ५४ अंक छ । ४७ अंकका साथ आर्सनल चौथो स्थानमा उक्लिंदा समान ४७ अंक जोडेको चेल्सी पाँचौ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...