न्यूकासल युनाईटेडसँग म्यान्चेस्टर सिटी पराजित, आर्सनल र एभर्टन विजयी

Rid5jtkhxzuziiunftaq

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी पराजित हुँदा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा सिटीलाई न्युकासल युनाईटेडले २–१ ले हरायो ।

खेलमा सिटीका सर्जियो अगुएरोले पहिलो गोल गरे । तर न्युकासलका सोलोमन रन्डन र म्याट रिचीले एक–एक गोल गर्दै घरेलु टोलीलाई विजयी गराए ।

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई बर्न्लेले २–२ गोलको बराबरीमा रोक्दा आर्सनलले कार्डीफ सिटीलाई २–१ ले हराएको छ ।

यसैगरी एभर्टनले हडर्सफिल्ड टाउनलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले पराजित गरेको छ । गएराति फुल्हमले ब्राईटनमाथि ४–२ को जित निकाल्यो ।

प्रिमियर लिग फुटबलमा आज चार खेल हुनेछन् । शीर्ष स्थानको लिभरपूलले लेष्टर सिटीसँग खेल्दा चेल्सीले बर्नमाउथको सामना गर्नेछ ।

यसैगरी टोटनह्याम हट्सपरले वाट्फोर्डसँग खेल्दा साउथह्याम्पटन र क्रिष्टल प्यालेस भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...