बलिउड सुपरस्टार आमिर खानले गरे आफ्नो बिहे खर्चको खुलासा

Aamir

काठमाडौं । बलिउडमा सेलेब्रिटीको बिहे र बिहेमा भएको खर्चबारे प्रायः चर्चा हुने गर्दछ । गत वर्ष बलिउड स्टार दीपिका पादुकोण–रणवीर सिंह, प्रियंका चोपडा–निक जोन्स तथा सोनम कपुर–आनन्द आहुजाको बिहेले वर्षभरि नै चर्चा पाइरह्यो । उनीहरूले बिहेमा करोडौँ रुपैयाँ खर्च गरेका थिए ।

त्यसैबीच सुपरस्टार आमिर खानले आफ्नो बिहेमा १० रुपैयाँभन्दा कम खर्च भएको खुलासा गरेका छन् । उनले बिबिसीलाई अन्तर्वार्ता दिँदै पहिली पत्नी रिना दत्तसँग सन् १९८६ मा गुपचुपमा बिहे गर्दा पैसै खर्च नभएको बताएका हुन् ।

आमिरले भनेका छन्, ‘रिनासँग मेरो विवाह एकदम सस्तो भएको थियो । म घरबाट बान्द्रासम्म बसमा जाँदा ५० पैसा लागेको थियो । बान्द्रा पश्चिममा उत्रिएर पूर्वतिर पुल तरेर राजमार्ग हुँदै पैदल हिँडे । हाइवे पार गरेपछि विवाह दर्ता गर्ने अफिस आउँथ्यो । हामीले त्यहीँ बिहे दर्ता ग-यौँ ।

१० रुपैयाँभन्दा कममा मेरो विवाह भएको थियो ।’ आमिरले आफूले गोप्य विवाह गरेकाले सुरुमा आमाबाबुलाई केही थाहा नभएको बताएका छन् । उनले किन गोप्य रूपमा बिहे गरे त ? त्यसबारे सोधिएको प्रश्नमा भने आमिरले यो रहस्य आफ्नो बायोपिकमा खुलासा हुने जवाफ दिए ।

आमिर आफ्नो बायोपिकमा छोरा जुनैद खानलाई आफ्नो भूमिकामा देख्न चाहन्छन् । रिनासँगको त्यो बिहेमा आमिरका साथी सत्यजित भटकल, सत्यजितको श्रीमती स्वाती भटकल र सत्यजितका भाइ अनन्त थिए । उनै स्वाती भटकलसँग आमिरले ‘सत्यदेव जयते’मा काम गरेका थिए । साथै अब आउने टिभी सो ‘रुबुरु रौशनी’मा पनि काम गर्दै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...