यूएईविरुद्ध सिरिज जितेसँगै नेपाल एक दिवसीय क्रिकेटकाे वरियतामा प्रवेश

Nepali cricket team

काठमाडौं । एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।

एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं र यूएई १४औं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...