एसिएन कप फुटबल : जापान फाइनलमा प्रवेश

Fotbal

टाेकियाे । जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा तीनै गोल जापानले दोस्रो हाफमा गरेको थियो । जापानका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरेका थिए ।

५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १–० ले अघि रहेका बेला जापानले ६७ औं मिनेटमा पेनाल्टी पाएको थियो । इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए ।

९१ औं मिनेटमा जेन्की हरगुचले गोल थप्दै जापानलाई इरानमाथि ३–० को जित दिलाउन सफल भए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...