क्रिकेटमा नेपालको नयाँ फड्को, घरेलु मैदानमै हरायो नेपालले युएईलाई

Nepali cricket team

काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो ।

यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो । यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपाललाई २–१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भए ।

उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए ।

श्रृंखला अन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे ।

यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।

सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए । त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शून्यको अवस्थामै विनोद भण्डारीबाट क्याच आउट गराइ पेभेलियन पठाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...