‘जोकर जादुगर २’ को ट्रेलर सार्वजनिक

Film trailer news

काठमाडौं । फागुन ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोकर जादुगर २’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर कमेडीले भरिपुर्ण रहेको छ भने ट्रेलरमा कलाकर महादेव त्रिपाठी कसरी जोकर बनेको बिशेष कथालाई पनि प्रस्तुत गरिएको छ ।

याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा कलाकार महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको छ भने विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रेहको छ ।

चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरी लगायतका कलाकारहरुको अभिनय रहको छ । यसै चलचित्र मार्फत मोडल सिम्पल खरेलले चलचित्रमा डेब्यु गर्दैछिन् ।

चलचित्रमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रब्र बिश्कोको गीत संगीत, सम्राट बस्नेतको द्वन्द्व, शिव विक, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्र नेपाली समाजको यथार्थपरक घटनालाई हास्य तवरवाट निर्माण गरिएको निर्देशक त्रिपाठीले बताए । चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई तारा थापा किम्बेले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...