एफए कप फुटबल: इंग्लिस प्रिमियर लिग क्लब एभर्टन चौंथो चरणबाट बाहिरियो

En

इंग्लिस प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिलवालसंग ३(२ गोल अन्तरले पराजित हुँदै एभर्टन प्रतियोगिताबाट बाहिरिएको हो ।

मिलवालको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा एभर्टन पराजित भएको हो । खेलको ४३ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा मिलवालका ली ग्रिगोरीले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा सेन्क टुसोनले गोल गर्दै एभर्टनलाई २(१ को अग्रता दिलाए । लगत्तै खेलको ७२ औं मिनेटमा घरेलु टोलीका जाके कोपेरले गोल गर्दै खेल २(२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मुर्रे वालेसले गोल गर्दै मिलवानलाई ३(२ को महत्वपुर्ण जित दिलाए ।

यस्तै अर्को प्रिमियर लिग क्लब वेष्ट ह्याम युनाईटेड पनि चौथों चरणबाट बाहिरिएको छ । वेष्ट ह्यामलाई एएफसी विम्बल्डनले ४(२ गोल अन्तरले हराएको हो ।

प्रतिकृया दिनुहोस