बलिउड सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि ठूलो पर्दामा देखिने,मणिरत्नमको फिल्म खेल्ने पक्का

Aishwarya rai bachchan

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक पटक फेरि ठूलो पर्दामा देखिने भएकी छिन्। ऐश्वर्याले मणिरत्नमको फिल्म साइन गरिसकेकी छिन्।

यो फिल्म कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेलभन’ मा आधारित हुनेछ। फिल्ममा ऐश्वर्याले दक्षिण भारतीय स्टार विक्रमको जोडी भएर अभिनय गर्नेछिन्।

फिल्ममा ऐश्वर्या र विक्रमका अलावा विजय सेतुपति, सिम्बु र अयम रविले पनि अभिनय गर्ने बताइएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक मणिरत्नमले उक्त फिल्ममा ऐश्वर्याका साथसाथै अमिताभ बच्चनलाई पनि खेलाउने कोशिस गरिरहेका छन्। उनले अभिताभलाई फिल्मको कथा समेत सुनाइसकेका छन्। तर, अमिताभले फिल्म खेल्ने/नखेल्ने टुंगो भइनसकेको बताइएको छ।

अमिताभ र ऐश्वर्या पछिल्लो पटक २००८ मा फिल्म सरकार राजमा एकसाथ देखिएका थिए।

लामो समयदेखि मणिरत्न कृष्णमूर्तिको उपन्यास पोन्नियन सेलभनमा काम गरिरहेका छन्। यो एक ऐतिहासिक उपन्यास हो। यो उपन्यास पूरा गर्न कृष्णमूर्तिलाई तीन वर्ष लागेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...