'सम्झे पनि तिम्रो याद, बिर्सेपनि तिम्रो याद' मा अन्जु र मनोजको बास्तबिक कहानी (भिडियोसहित)

Samjhe

काठमाडौं । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद...’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ।

गीतमा गजलकार सुरेश वाग्लेको शब्द र मनोराज कै संगीत सुन्न सकिन्छ। गजलकार वाग्लेको 'तिमी साथ भएपछि’ एल्बममा गीतलाई समावेश गरिएको छ। 

निकेश खड्काको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय हेर्न सकिन्छ।

गीतलाई सचिन सिँहले एरेन्ज गरेका छन्। डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् सांगीतिक सहकार्य सुरु गरेका हुन्।

रचनाकार वाग्लेले अन्जु र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारिक सम्बन्धभन्दा टाढा रहेर सांगीतिक यात्रालाई निकट बनाएको बताए।

उक्त गजल करिब १५ वर्षअघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो पहलमा उनीहरूलाई फेरि सँगै गाउने वातावरण तयार गरेको जानकारी दिए।

भिडियोमा गायिका पन्तको जीवनमा भएको वास्तविक भूमिकामा प्रियंका  र मनोजराजको भूमिकामा मोडल थापाले अभिनय गरेको निर्देशक खड्काले बताए।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...