मदन भण्डारी इटहरी गोल्डकप आजदेखि

Football

सुनसरी । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । सुनसरीको इटहरीमा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मेची नेत्रालय काकडभिट्टा र दाफिन्स फेमिली फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यो प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा २ विदेशी टिमसहित ८ टिमको सहभागिता छ । नेपालका विभागीय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिगं सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले बताए ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारबाट गरिने छ । गोल्डकपको विजेताले यो वर्ष १६ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ नगद पाउने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजार सहित ४२ इञ्चको एलइडी टिभी र सर्वाधिक गोलकर्ताले नगद ३० हजार पाउने छन् । अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही नगद २० हजार पाउने र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस