महको 'दाल भात तरकारी' लाई भिजिट भिसा (भिडियोसहित)

Dalbhat

काठमाडौं । शत्रु गतेको सफलतापछि मह सञ्चारद्वारा निर्मित अर्को फिल्म दाल भात तरकारीको पहिलो गीतस्वरूप भिजिट भिसामा बोलको गीतको अडियो भिडियो शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

त्रिभुवन विमानास्थलमा छायांकन गरिएको यो रमाइलो गीतको भिडियोमा फिल्मका प्रायः कलाकारलाई प्रस्तुत गरिएको छ। त्रिभुवन विमानस्थल, हायात होटल र गणतन्त्र पार्कमा खिचिएको गीतमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, पुष्पल खड्का, आँचल शर्मा, वर्षा राउतलगायतलाई प्रस्तुत गरिएको छ भने हरिवंश आचार्य छाएका छन्।

९० भन्दा बढी कोरस कलाकारलाई प्रयोग गरिएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफीको हिसाबले शानदार आकर्षक बनाएका छन्। शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा शब्दरचना हरिवंश आचार्य तथा स्वर निशान भट्टराई र अञ्जु पन्तको रहेको छ। सुदन केसीको निर्देशनमा बनिरहेको फिल्म मह सञ्चारको ब्यानरमा किरण केसीले प्रस्तुत गरेका हुन्।

‘गीत एकदमै राम्रो छ। तर स्वास्थ्यका कारणले म गीतमा छैन। मलाई पनि निरुता सिंहको अपोजिटमा रहेर काम गर्ने रहर छ। फिल्मको गीत राम्रो बनेको छ। गीतमार्फत नै यसको मूल्यांकन गर्न सकिन्छ’, कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले भने– ‘यसमा कहींकतै सम्झौता गरिएको छैन।

दर्शकले हामीले गरिरहेको विश्वासलाई यसले बढाउने काम गर्छ।’ अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले दाल भात तरकारीका लागि आफूहरूले सक्दो मेहनत गरेको बताए। ‘फिल्ममा हामीले सकेको मिहिनेत गरेका छौं। फिल्मको गीतमात्र होइन, दृश्यमा पनि उत्तिकै मेहनत छ।

हामीले दर्शकको रुचाइलाई मध्यनजर गर्दै यो गीत तयार गरेका हौं’, हरिवंशले भने– ‘फिल्ममा मनोरञ्जन छ, सचेतना पनि छ। हाम्रो कामले दर्शकको समय र पैसाको सदुपयोग नै गर्छ।’ फिल्मका प्रस्तुतकर्ता किरण केसीले फिल्म बिनासम्झौता तयार गरेको बताए। ‘फिल्म बिनासम्झौता तयार पारेका छौं।

सार्वजनिक भएको गीतले पनि सायद प्रस्ट्याउँछ। अघिल्लो फिल्म शत्रु गतेको सफलतापछि हामीमा दर्शकको विश्वास बढेको छ, जसलाई हामीले कति पनि डगमग हुन दिएका छैनौं’, किरणले भने– ‘मेरो छोरा सुदनले विभिन्न फिल्ममा एडी (असिसटेन्ट डाइरेक्टर) भएर काम गरेर सबैको मन जितेपछि बल्ल यसबाट निर्देशनमा डेब्यु गर्दै छ। उसले डेब्यु फिल्ममा नै देशका ठूला हस्तीलाई एक्सन कट गर्न पाएको छ। ज्यादै गर्व लागेको छ।’

निर्देशक सुदन केसीले भने यो अवसरलाई चुनौतीका रूपमा समेत लिएको बताए। ‘शत्रु गतेको सफलताले बढाएको जिम्मेवारीले यो फिल्ममा डेब्यु निर्देशनको अवसरसँगै चुनौती दिएको छ। फिल्मले दर्शकको समय र पैसाको पूर्ण सदुपयोग गर्छ। मैले मह सञ्चारको ब्यानरको प्रतिष्ठा बचाउने काम नै गरेको छु जस्तो लागेको छ’ –केसीले भने।

फिल्म क्षेत्रका हस्तीहरूका बीच सम्पन्न कार्यक्रममा विभिन्न फिल्मकर्मीले सार्वजनिक गीत र फिल्मको सफलताका लागि शुभकामना दिएका थिए।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...