नेपालको कमजोर प्रदर्शन : यूएईसँगको पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा ११४ रनको लक्ष

Aa cricket

काठमाडौँ । नेपाल र युनाइटेड अरब इमिरेट्स(यूएई) बीचको पहिलो एकदिवसीय खेलमा कमजोर प्रदर्शन गरेको छ । नेपालले यूएईलाई ११४ रनको लक्ष्य दिएको छ ।

शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो । नेपाली समयअनुसार बिहान ११स् १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबईमा भइरहेको खेलमा नेपालले पहिलो ओभरमै ओपनर ज्ञानेन्द्र मल्लाई शून्य रनमा गुमाउन पुगेको थियो ।

नेपालको ब्याटिङ आज पनि फितलो देखियो। ४ जना खेलाडी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन्। नेपालको तर्फबाट सोमपाल कामीले सर्वा्धिक ३० रन बनाए ।

ओपनर विनोद भण्डारी ५, कप्तान पारस खड्का २०, पवन सर्राफ ४, करण केसी ३, आरिफ शेख २५, सन्दीप लामिछाने १५ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरी शून्यमा रन आउट हुन पुगे भने बसन्त रेग्मीले ४ बल खेली कुनै रन बटुल्न सकेनन्। उनी इमरान हैदकरो बलमा अस्फाक अहमदको हातबाट क्याच भए। ललितनारायण राजवंशीले अविजित रहँदै २ रन बटुले ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईको कप्तानी सम्हालिरहेका मोहम्द नाविदले९ ओभरमा २ ओभर मेडन राख्दै ३ विकेट लिए। उनले ३१ रन मात्रै खर्चिए। यस्तै अमिर हायतले ७.५ ओभरमा २ ओभर मेडन राख्दै ३ विकेट लिए। उनले १९ रन मात्रै खर्चिए।इमरान हैदरले २ विकेट लिए। क्वादिर अहमिदले १ विकेट लिए ।

नेपालले यूएईसँग तीन एकदिवसीयपछि ३ ट्वान्टी–२० शृंखला खेल्नेछ ।

प्रतिकृया दिनुहोस