नेपालले लगातार आठ विकेट गुमायो

A aparas

यूएईविरुद्ध पहिलो एक दिवसीय खेलिरहेको नेपालले आठ विकेट गुमाएको छ ।

सुरुदेखि नै खराब ब्याटिङ गरिरहेको नेपालको पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका थिए । नेपालले आठौँ विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएको छ ।

सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । यसअघि लगातार रुपमा छैटौँ विकेटका रुपमा पवन सर्राफ र पाँचौ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो ।

नेपालका लागि सोमपालले केही हदसम्म राहत दिलाएका थिए । उनले ४७ बलमा ३० रन लिएका थिए ।

चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका थिए । उनी शून्य रनमै आउट भए ।

कप्तान पारस खड्का पनि ३६ बलमा २० रन बनाएर आउट भए । उनले तीन चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए । नेपालले २८ ओभरको खेल खेलिरहँदा ९७ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस