साहित्यकार मोहनराज शर्माको आज अन्त्येष्टि

Mohan

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज अन्त्येष्टि गरिने भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको ८१ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शर्माको आज मात्र अन्त्येष्टि गरिने प्राध्यापक डा लक्ष्मणप्रसाद गौतमले बताए । शर्माको पार्थिव शरीर पशुपतिको शवगृहमा राखिएको छ ।

कलङ्कीस्थित नेसनल अस्पतालमा उनको निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...