शोभितको ‘बद्री बहादुर’मा छुल्ठिम र जयकिसनको जोडी

Chultin sovit

काठमाडौं ।  निर्देशक शोभित बस्नेतले नयाँ चलचित्र ‘बद्री बहादुर’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने उक्त चलचित्रको छायाङ्कन यही माघ ११ गतेबाट सुरु हुनेछ ।

ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर करिब एक करोडको लगानीमा बन्न लागेको चलचित्र चलचित्रमा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।

विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् । यो चलचित्रमा पूजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहनेछ। चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । कमेडी जनरामा बन्न लागेको चलचित्रको छायाँकन लमजुङ, काठमाडौँ, धरान र संखुवासभामा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...