'दी ब्रेकअप’ को ट्रेलर युट्युव ट्रेन्डिङमा, आशिरमान र शिल्पाको यस्तो प्रेम (भिडियोसहित)

The

काठमाडौं । हेमराज बिसीको निर्देशनमा तयार फिल्म ‘दी ब्रेकअप’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर युट्युव ट्रेन्डिङको ६ नम्बरमा रहेको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी फिल्म सार्वजनिक गरिएको हो। प्रेम, रोमान्स र बिछोडलाई मुख्य विषयवस्तुका रुपमा प्रस्तुत फिल्म फागुन १७ गतेबाट प्रदर्शनमा आउने छ। सार्वजनिक ट्रेलरमा मुख्य कलाकारद्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ।

पोखरा र अष्ट्रिेलियामा छायांकन गरिएको फिल्ममा अन्य कलाकारहरु रोमान दास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतको अभिनय देख्न सकिन्छ। नरेन्द्र मैनालीले छायांकन रहेको ‘दी ब्रेकअप’लाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन्। फिल्ममा निर्देशक बिसीकै कथा तथासुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...