प्रेमिकाको सिउँदोमा अरुको हातको सिन्दुर परेपछि... हेर्नुस् भिडियो

Paban bhattarai

काठमाडौं । ठूला पर्दाका चलचित्रहरुमा प्रायः हिरोइनलाई पाउन हिरोहरुको भीडन्त हुने गर्छ । ठूला पर्दाका चलचित्रहरुमा यस्तो भएन भने समय बिताउन पनि कठिन हुन्छ । तर, अहिले गीतका म्युजिक भिडियोहरुमा पनि हिरोइनलाई पाउन हिरोहरुको संघर्ष देखाउन थालिएको छ ।

गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । यसमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय गरेका छन् ।

गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ । सो गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।

गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना, कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । सो गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...