सिड्नीमा नेपाल आइडल रवि ओडको लाइभ कन्सर्ट हुने

Rabi

काठमाडौं ।चर्चित गायन रियालटी शो ‘नेपाल आइडल सिजन-२’ का उत्कृष्ट ६ प्रतिस्पर्धि पहिलो एकसाथ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको ‘नेपाल आइडल(लाइभ इन सिड्नी’मा उनीहरु मनोरन्जनात्मक गीतसंगीत सहित प्रस्तुत हुन लागेका हुन् ।

कन्सर्टमा नेपाल आइडल-२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् । ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले साथ दिनेछन् । कार्यक्रममा प्रतियोगी पवन गिरीको समेत प्रस्तुती रहनेछ ।

आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल-२ का विजेता, उपविजेतासहित उत्कृष्ट छमा पुग्न सफल गायक-गायिकाहरु प्रस्तुत हुदैछन् ।

सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो । अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका  फाउन्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिएका छन् ।

स्थानिय समय अनुसार साझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस