’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक

Award qiwytcwjcg

काठमाडौ । २०७५ ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी सन्तोषी अधिकारीको २ वटा भिडियो मनोनित भएका छन् ।

बालबालिकाका कारुणिक र हृदयविदारक कथा समेटिएको उत्कृष्ट टेलिभिजन रिपोर्टसंगै महिला चालकका चुनौतीपूर्ण कथामा आधारित टेलिभिजन रिपोर्ट मनोनित भएको हो ।

त्यसैगरि पत्रकार सचिता बुढाथोकी, अश्विन ठकुरी, अशोक पहाडीका समाचारमुलक भिडियो मनोनित भएका छन् । फिल्म बिधा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीमा मास कोरियोग्राफी, ७.८ म्याग्नीच्युट, जोगी, सम्बृद्धि, मिसन एभरेष्ट परेका छन् ।

त्यसैगरि उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट सिनिमेटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता र उत्कृष्ट निर्देशकसंगै सोसल मिडिया भिज्वलमा फेसबुक इन्स्टाग्राम टुइटर, उत्कृष्ट युट्यूब भिडियोहरु, उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली , उत्कृष्ट ट्रोल र पब्लिक चोइसबाट पाँच उत्कृष्ट छनोट गरिएको छ ।

छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष एवम् चलचित्र निर्देशक सवनम मुखियाले बताए ।

यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको अध्यक्ष मुखियाले बताए ।

माघ २७ गते हरेक विधामा मनोनित मध्ये एक एक जनालाई निर्णयक मण्डलको निर्णयका आधारमा छनोट गरि अवार्ड वितरण गरिने उनले बताए ।निर्णायक मण्डलमा चलचित्र निर्देशक संगिता श्रेष्ठ, पत्रकार, ब्लगर  केपी ढुंगाना, चलचित्र सम्पादक एनिमेटर करुण थापा रहेका छन् ।

यसको संयोजकमा भने रविन आचार्य छन् । माघ २७ गते उत्कृष्ट पाँचमध्येबाट एकजनालाई छनोट गरि अवार्ड विजेतालाई नगदसहित सम्मान गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...