यूएईविरुद्ध खेल्न नेपाली टीम तयार, पारसले नेतृत्व सम्हाल्दा ४ नयाँ अनुसार समावेश

Cricket team camp

काठमाडौं । यसै महिना सुरु हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीमा चार नयाँ अनुहारहरु परेका छन् ।

यूएईविरुद्धको शृंखला जनवरी २५ देखि फेब्रुअरी ३ तारिखसम्म सञ्चालन हुने सो खेलका लागि कप्तान पारस खड्काले नेतृत्व गर्नेछन् भने उपकप्तानको जिम्मा ज्ञानेन्द्र मल्लले पाएका छन् ।

यही माघ १३ गतेबाट यूएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम सार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

अन्य खेलाडीमा अविनाश बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, मो। आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा रहेका छन् ।

तीन जना वैकल्पिक खेलाडीमा ललित भण्डारी, सुसन भारी र विक्रम सोभ छन् । यूएईविरुद्धको खेलका लागि घोषित टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर भने परेका छैनन् । स्वास्थ्य समस्याका कारण शरदले आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।

नेपाली टोली प्रतियोगितामा सहभागी हुन जनवरी २२ तारिखमा यूएईतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । यूएई भ्रमणका क्रममा नेपालले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र तीन वटा टीट्वेन्टी खेल्नेछ । पहिलो टीट्वेन्टी जनवरी ३१, दोस्रो टीट्वेन्टी फेब्रुअरी १ र तेस्रो टीट्वेन्टी फेब्रुअरी ३ तारिखमा खेलिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...