काशीनाथ मिश्रित ज्ञवालीको ‘बोकाको मन’ अब बजारमा

Bokako maan sarbajanik7055

काठमाडौं । साहित्यकार काशीनाथ मिश्रित ९ज्ञवाली० द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह)सार्वजनिक गरिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् ।

सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताए । उनले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे ।

‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गरे । रुरु–५ सुन्डाँडा, गुल्मीमा विसं २०३० मा जन्मिनुभएका दृष्टिविहीन साहित्यकार ज्ञवाली गाउँकै विद्यालयमा शिक्षक हुन् ।

उनि कविता, काव्य र निबन्ध लेखनमा पनि सक्रिय छन् । ज्ञवालीका यसअघि ‘रक्सी’ (खण्डकाव्य), ‘केही अभिव्यक्तिः केही परिभाषा’, ‘भोकमारी’ सहलेखन र ‘दुर्भाग्य’ (महाकाव्य) प्रकाशन भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...