प्राज्ञ छनौटमा लफडा, १० जनाले गरे प्राज्ञ अस्वीकार

Pragya press meet

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा छनौट भएका प्राज्ञहरुले नियुक्ती प्रक्रियामा असहमति जनाएका छन् ।

प्रतिष्ठानमा नियुक्त भएकामध्ये १० जना प्राज्ञले पदको सपथ नै नलिने भएका छन् । अवैधानिक तथा अपारदर्शी ढंगले प्राज्ञ छनौट गरिएको भन्दै उनीहरुले प्राज्ञ नहुने बताएका हुन् ।

अवैधानिक अपारदर्शी प्राज्ञ नियुक्ति र गठनविरुद्ध विधागत कलाकर्मीहरुको संयुक्त दवाव समूहले शनिबार पत्रकार सम्मेलनमा उनीहरुले अवैधानिक ढंगले नाताबाद, कृपाबाद अनि फरियबादबाट प्राज्ञ छनौट भएकाले आफूहरु नजाने बताए ।

प्राज्ञमा मनोनित डा. घनश्याम खतिवडाले आफूसहित १० जना मनोनित प्राज्ञले पदको सपथ नलिने दावी गरे । पत्रकार सम्मेलनमा उपस्थित तीन जनासहित अन्य सात जनाले पद नलिने मौखिक जानकारी आफूलाई प्राप्त भएको दावी उनको भनाइ छ । डा. खतिवडासहित देशभक्त खनाल, नागेन सिहंले पद नलिने घोषणा गरे ।

सम्मेलनमा आयोजक समूहका संयोजक विजय विस्फोटले कुल १५ जनाको प्राज्ञ सदस्यमा १० जनाले पद नलिने घोषणा गरेको दावी गरे । अवैधानिक अपारदर्शी रुपमा मनोमानी ढंगले प्राज्ञ नियुक्त गरेकाले आफूहरुले सर्वाेच्च अदालनमा बदरका लागि रिट निवेदन निएको उनले स्मरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...