सञ्चारमन्त्री भन्छन्, न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छौं

Fnj bhaktapur

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दैै मन्त्री बास्कोटाले सरकारले सानादेखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरुको समेत न्यूनतम पारिश्रमिक कायम भएरै छाड्ने दावी गरेका हुन् ।

मन्त्री बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकर्ता नभई पत्रकार भएर काम गर्नुपर्नेमा जोड दिए । कुनै पनि पेशामा आवद्धहरुले आफ्नो पेशालाई निरन्तरता दिनु पर्ने भन्दै राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसाथ गरी सो पेशा परित्याग गर्न आग्रह गरे ।

पछिल्लो समयमा निकै चर्चाको बिषय बनेको डा. गोबिन्द केसीको आन्दोलनको प्रति लक्षित गर्दै बाँस्कोटाले भने सबै ब्यक्ति ब्यक्तिको माग सरकारले पुरा गर्न नसक्ने स्पष्ट पारे । ‘कुनै व्यक्ति एक्लै भए पनि सबै कुरा पूरा हुन्नन्’ उनले भने, ‘उहाँ आफैं सरकारमा भएको भए पनि उहाँले आफ्नो माग पूरा गर्न सक्नुहुन्न ।’

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले ठूला मिडिया सरकारबिरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाए । उनले नेपाली मिडियाले अब आफ्नै मुल्यांकन गर्न सक्नुपर्ने बताए ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताए । उनले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताए ।

सो साधारणसभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामागर, नेकपामा भक्तपुर अध्यक्ष बचन देउजा, नेपाली काग्रेसका जिल्ला सभापति दूर्लभ थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल लगायतले संचार माध्यमले निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

सो साधारणसभामा नगद दुई हजार पाँच सय रुपैयाको राशीसहित मैयादेवी स्मृति पत्रकारिता पुरस्कार नारायण किलम्बुलाई प्रदान गरिएको थियो ।

सो साधारणसभामा पत्रकार महासंघ भक्तपुरको भवन निर्माण गर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, साना संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन दोब्बर गर्दै समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने लगायतका ८ बुँदे घोषणा पत्र जारी गरेको महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...