‘बुलबुल’ को ट्रेलर मा यस्तो देखिईन स्वस्तिमा (भिडियोसहित)

Bulbul

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘बुलबुल’ को ट्रेलर रिलिज भएको छ। माघे सक्रान्तिको अवसर पारेर हिजो युट्युवमा चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

सार्वजनिक ट्रेलरमा स्वस्तिमा एक टेम्पो चालक महिलाको भूमिकामा देखिएकी छिन्। उनले गेटअप, लुक्स र अभिनयका लागी चलचित्रमा निकै मिहेनत गरेको देख्न सकिन्छ।अभिनेत्री खड्काको ट्रेलरमा रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवती जस्तै देखिएकी छन् ।

टेम्पो चलाक महिलाको दैनिकी र उनको जीवनमा आउने उतारचढावको वरिपरी चलचित्रको ट्रेलर घुमेको छ ।  विनोद पौडेलको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा मुकुन भुषाल र लक्ष्मी वर्देवालाई पनि पर्याप्त स्थान दिईएको छ।

अविरल थापाको निर्माणमा तयार भएको चलचित्रमा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । फागुन ३ गतेबाट रिलिज हुने चलचित्र आफ्नो लागी निकै महत्पूर्ण रहेको बताउछिन्।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...