शुक्रबार हलमा आउने तयारीमा ‘गरुड पुराण’

Garud puran 1

काठमाडौं । आगामी शुक्रबार ‘गरुड पुराण’ प्रदर्शनमा आउने भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले ‘गरुड पुराण’ लाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

सुवास कोईरालाले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’ मा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाइएको छ ।

यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्ट सहितको यसमा मुख्य भूमिका छ । ‘गरुड पुराण’ बाट प्रियंका सिंहले नायिकामा डेब्यु गरेकी छन् ।

यो चलचित्रको ‘म त पिरेममा’ गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको स्वर छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।

गरुड पुराणलाई सुसन प्रजापतिको छायाँकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...