'कुली नं. १ को रिमेक' मा बरुण र सारा एकसाथ

Sara

मुम्बई।  लगातार दुई चलचित्र हिट भएपछि बलिउड अभिनेत्री सारा अली खानलाई यतिबेला चलचित्रको ओइरो लागेको छ । तर, उनले अब बरुण धवनसँग काम गर्ने भएकी छन् ।

यसअघि उनले पहिलो चलचित्र केदारनाथमा सुशान्त सिंह राजपुजसँग काम गरेकी थिइन् । मध्यम बजेको यो चलचित्रले भारतीय बक्स अफिसमा करोडको व्यापार ग¥यो । केदारनाथको सफलताले उत्साहित सारालाई उनको दोस्रो चलचित्र सिम्बाले एकाएक स्टार बनाइदिएको छ ।

रोहित सेठ्ठी निर्देशित सिम्बाले प्रदर्शन भएको १०औं दिनमा २ सय करोडभन्दा बढीको व्यापार गरेको छ । यो चलचित्रमा अभिनेता रणवीर सिंहको जोडी बनेर सारा प्रस्तुत भएकी छन् । यसरी दोस्रो चलचित्रबाट उनी २ सय करोड क्बल नायिकाका रूपमा परिचित भएकी छन् । उनले अब कुली नम्बर १ मा बरुण धवनसँग अभिनय गर्ने भएकी छन् ।

कुली नम्बर १ लाई बरुणका पिता डेबिड धवनले निर्माण निर्देशन गर्नेछन् । यो चलचित्रमा दुई दशकअघि गोविन्दा र करिश्मा कपुरले अभिनय गरेका थिए । कुली नम्बर १ त्यतिबेला सर्वाधिक हिट भएको थियो । त्यसैले, डेभिडले यो चलचित्रलाई रिमेक गर्न लागेका हुन् । चलचित्रका लागि सारा अली खान चयन भएको निर्माण पक्षले जनाएको छ । सारा र बरुणको जोडीलाई पनि दर्शकले रुचाउने डेबिडको विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...